नाबालिका गायिकाको बयान- ‘कोठामा आउँ भनि राति १२ बजे म्यासेज गरे’

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा आज जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्याइएको हो ।

अभियोगपत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोगपत्रमा गरिएको छ ।

यता शाहविरुद्ध जाहेरी दिएकी नाबालिग गायिकाले मायाको नाटक गरी बिहे गर्ने झूठो आश्वासन दिएर तीनपटक जबर्जस्तीकरणी गरेको बयान दिएकी छिन् । प्रहरीमा नाबालिक गायिकाले दिएको बयानमा पोखराको प्राइम होटल, गैँडाकोटको रिसोर्ट र तनहुँका प्रदीप थापाको घरमा करणी गरेको उल्लेख गरिएको छ ।

यस्तो छ नाबालिकाको बयान
“मेरो सानै देखि सांगितिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा भिडिओ सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेकाले हामीबीच माया प्रेम रही आएको अवस्थामा मिति २०७७–०९–१० गते पोखरास्थित प्राइम होटलमा, मिति २०७७–१२–०७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका र मिति २०७८–०१–१४ गते तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टा छुट्टै कोठामा सुतेको अवस्थामा उक्त राति अन्दाजी १२ बजेतिर प्रतिवादीले म तिम्रो कोठामा आउँछु भनी म्यासेज गरी मेरो कोठामा आई मलाई विवाह गर्ने झूठो आस देखाई मैले हुँदैन भन्दा पनि……।हुन् । प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविम शाहसँग घुम्न जाउ, निजले भनेको मान भनि फकाउने र भिडिओ सुटिङको क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको रुपमा रहेका हुन् ।”

पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दायर, १४ वर्षको जेल सजाय माग

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार