पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दायर, १४ वर्षको जेल सजाय माग

काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा आज जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्याइएको हो ।

अभियोगपत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोगपत्रमा गरिएको छ ।

शाहविरुद्ध यसअघि पूर्वी नवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ । पीडित भनिएकी नाबालिगले दुवै जिल्लामा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वी नवलपरासीको मुद्धाको प्रकृया अगाडि बढाउने तयारी भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार