२६ बर्षीय अभिनेत्री गायत्रीको सवारी दुर्घटनामा निधन

तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो ।

रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना भएको बताइन्छ ।

२६ बर्षीय अभिनेत्री गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । यसको अलवा उनले कयौ सट फिल्ममा समेत काम गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार