अहिलेसम्म ११ हजार भन्दा बढी रुसी सैनिक मारिएको युक्रेनका दाबी

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको १३ दिन पुगेको छ । यस बीचमा २० लाख मानिस विस्थापित भएका छन् । हजारौँको मृत्यु भएको छ । युक्रेनले खार्किभमा भएको हमलामा एकजना रुसी जेनेरल मारिएको दाबी गरेको छ । उनी युक्रेनी कारबाहीमा मारिने दोस्रो वरिष्ठ रुसी सैन्य कमान्डर भएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनले अहिलेसम्म ११ हजार भन्दा बढी रुसी सैनिकको मारिएको बताएको छ । यद्यपि, रुसले भने पाँच सय रुसी सैनिकको मृत्यु भएको बताएको छ । युक्रेनले आफ्नो पक्षको हताहती भएको संख्या सार्वजनिक गरेको छैन । सयौँ सर्वसाधारणको ज्यान गएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार