रुसी सेनाका एक उच्च कमाण्डर मारिएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनको खार्किभमा भएको आक्रमणमा रुसी सेनाका एक उच्च कमाण्डर मारिएका युक्रेनले दाबी गरेको छ ।रुसी सेनाका मेजर जनरल भिटाली गेरासिमोभ खार्किभ नजिकै भएको युद्धमा मारिएका युक्रेनको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर एजेन्सीले जनाएको हो । तर युक्रेनको दाबीमा अहिलेसम्म रुसले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

खार्किभ युक्रेनको दोस्रो ठूलो सहर मानिन्छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज १३औँ दिन हो । गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण हुँदै आएको छ । रुसले गरेको आक्रमणको युक्रेनका सैनिकले प्रतिरक्षा गर्दै आएका छन् । रुस र युक्रेनबीच भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार