तालिवानका वरिष्ठ नेता हक्कानी सार्वजनिक

काठमाडौं । अफगानिस्तानका अन्तरिम गृहमन्त्री तथा तालिवानका वरिष्ठ नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन् । अखबार डनका अनुसार हक्कानी सरकारी कार्यक्रममा सहभागी भएका थिए । हालसम्म उनी अमेरिकाले जारी गरेको मोस्ट वान्टेड सूचीमा परेका थिए ।

हक्कानी शनिबार काबुलमा अफगान प्रहरी अधिकारीहरूको पासिङ आउट परेडमा सहभागी भएका थिए। कार्यक्रम अफगानिस्तानको राष्ट्रिय टिभी च्यानलमा पनि प्रत्यक्ष प्रशारण गरिएको थियो । कार्यक्रम सकिएपछि तालिबानले नै कार्यक्रममा सहभागी हुँदा सिराजुद्दीन हक्कानीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको हो ।

गतवर्ष अगस्तमा काबुलमा तालिबान प्रवेश गरेपछि उनले तालिवानका वरिष्ठ अधिकारीहरू र विदेशी पाहुनाहरूलाई भेट्ने क्रम जारी राखेका थिए, तर ती बैठकहरूको कुनै तस्बिर सार्वजनिक गरिएको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार