पाकिस्तानको एक मस्जिदमा आत्मघाति बम विस्फोट, ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा आत्मघाति बम विस्फोट भएको छ ।विस्फोटमा परि कम्तिमा ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबार प्रार्थना भइरहेका बेला स्थानीय शीया मस्जिदमा बम विस्फोट हुँदा अन्य ५० जनाभन्दा बढी घाइते भएका छन्।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बीबीसीमा उल्लेख छ। अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मा नलिएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

पछिल्लो समय पाकिस्तानमा प्रार्थना गरिरहेका बेला बम विस्फोट हुँदा दर्जनौंको मृत्यु भएको बताएको छ। मृतकहरु शीया समुदायको रहेको उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार