पुटिनको टाउको ल्याउनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा

काठमाडौं । एक रुसी व्यापारीले भ्लादिमिर पुटिनको टाउको ल्याउनेलार्ई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्। कोन्याखिन नामक एक व्यापारीले आफ्नो फेसबुक र लिंक्डइनमा पुटिनको तस्बिरसहितको पोष्टर सेयर गर्दै उक्त घोषणा गरेका हुन् ।

पोष्टरमा’Wanted: Dead or Alive. For Mass Murder’ लेखिएको छ। एलेक्सले पोष्टमा पुटिनलाई अन्तरराष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराधीका रूपमा पक्राउ गर्न १० लाख डलर तिर्न तयार रहेको बताए।
कोन्याखिनको उक्त पोष्ट फेसबुकले भने हटाएको छ ।आफ्नो नियम उल्लङ्घन भएको भन्दै फेसबुकले उक्त पोष्ट हटाएको हो । त्यसपछि रूसी व्यापारीले आफूले पुटिनलाई मार्न नभई न्यायको कठघरामा ल्याउन उक्त घोषणा गरेको स्पष्ट पारेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार