पुटिनको हत्या गर्न अमेरिकी सांसदको आह्वान

काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन्। उनले ट्वीट गर्दै पुटिनको हत्या गरिए सबै समस्या सकिने बताएका छन् ।

उनले ट्वीट गर्दै भने, ‘रूसमा कुनै ब्रूटस (साहसी हिरो) छ ? रूसी सेनामा कोही कर्नल स्‍टफनबर्गभन्दा सफल छ? रूसमा कुनै व्यक्तिले उसको हत्या गर्‍यो भने यो सबै काम सकिने छ। तपाईंले अफ्नो भूमि र संसारका लागि महान् काम गर्नु हुनेछ।’

हाल रूस र युक्रेनबीच भीषण युद्ध भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार