ओमान जान पीसीआर परीक्षण गर्न नपर्ने

ओमान जान अब पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।

ओमान सरकारले मान्यता दिएका खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र भएका यात्रुले अब हवाई मार्गबाट ओमान प्रवेश गर्न जानु पूर्व पीसीआर परीक्षण गर्न नपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

जोनसन एण्ड जोनसन खोपको एक मात्रा लगाएको र अन्य खोपको भने दुवै मात्रा लगाएको हुनुपर्छ । बहराइनले ८ वटा खोपलाई मान्यता दिएको छ । फाइजर, स्पुतनिक लाइट, स्पुतनिक भी, जोनसन एण्ड जोनसन, कोभिडसिल्ड, अस्ट्राजेनेका लगायत रहेका छन् ।

यस्तै, ओमान सरकारको यसअघिको निर्णय अनुसार ओमानबाट यात्रा गर्ने क्रममा आवश्यक पर्ने यात्रा प्रमाणपत्र बनाउन नपर्ने भएको छ भने पीसीआर रिपोर्टलाई त्यहाँको स्वास्थ्य मन्त्रालयबाट प्रमाणीकरण गर्ने पनि पर्ने छैन ।

तर नेपाल आउँदा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट र सीसीएमसीको फारम भने भर्नपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार