तीस वटा रुसी विमान खसालेको युक्रेनको दाबी

युक्रेनी सेनाका अनुसार रुसले देशमा आक्रमण सुरु गरेयता अहिलेसम्म ५,८४० रुसी सैनिकको ज्यान गएको छ।

तर यूकेको रक्षा मन्त्रालयले युक्रेन अतिक्रमणका क्रममा रुसी सेनाले ठूलो क्षति बेहोरेको विश्वास गरेको छ।

युक्रेनले गरेको दाबीअनुसार हालसम्म रुसले यस्तो क्षति बेहोरेको छ:

  • ५,८४० सैनिक
  • ३० विमान
  • ३१ हेलिकप्टर
  • २११ ट्याङ्क
  • ८६२ सशस्त्र गस्ती गाडी
  • ८५ आर्टिलरी प्रणाली
  • ९ विमानभेदक प्रणाली
  • ६० इन्धन ट्याङ्क
  • ३५५ गाडी
  • ४० एमएलआर रकेट लन्चर (कब्जा गरिएको)

-बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार