राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाकाे प्रवेश, तुलप्रसाद बने पहिलो सांसद

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उम्मेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद विक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाका एक सदस्य राष्ट्रिय सभामा भएका हुन् ।

नेता विकले  प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका कृष्ण सुनारलाई पराजित गरेका हुन् ।

प्रदेशसभामा ६६ सदस्य र स्थानीय तहमा ८८ पदाधिकारी रहेको एमालेका उम्मेदवार सुनारलाई हराउँदा तुलप्रसादले ४५ प्रदेशसभा सदस्य र स्थानीय तहका १२२ जना पदाधिकारीको मत पाए ।

जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभामा एमाले( माओवादी गठबन्धनबाट २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार