राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एकीकृत समाजवादीकी शाह निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएकी छन् । एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत रहेकी शाह निर्वाचित भएकी हुन् ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार