आज सर्वदलीय बैठक

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।

यसअघि शुक्रबार सत्ता गठबन्धनकाे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेकाे थियाे । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघकाे निवार्चनपछि मात्र स्थानीय तहकाे निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन् ।

किनकी स्थानीय तहका निर्वाचित जनप्रतिनिधिकाे कार्यकाल आगामी जेठमा सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघकाे निर्वाचन गर्नुपर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेकाे छ ।

प्रमुख प्रतिपक्ष एमालेले भने संघकाे निर्वाचन पहिले कि स्थानीय तहकाे निर्वाचन भनेर टिप्पणी गरेकाे छैन । तर स्थानीय तहकाे निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएकाे छ । सर्वदलीय बैकठमा एमालेकाे सहभागिताबारे अन्याैल छ । एकीकृत समाजवादी सहभागी बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार