ट्याक्टरको ठक्करबाट कलेज जाँदै गरेका २१ वर्षीय बानियाँको घटनास्थलमै मृत्यु

मोरङको उर्लाबारी-३ स्थित सोल्टी खोला पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित सोल्टी खोला पुलमा ५स्३० बजेको समयमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई को२त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा २१ वर्षीय निश्चल बानियाँको घटनास्थलमा नै मृत्यु भएको हो । उनी नेपाल दर्शन कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ ।

मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार