पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले चढेको गाडी दुर्घटनामा परेको छ ।

मंगलबार आले सवार सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा४च १३७७ को गाडीसँग ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

धनगढी विमानस्थलबाट बाहिरिने क्रममा निजी कारले मन्त्री आले चढेको गाडीमा राति ८.२० बजे ठक्कर दिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

कारले ठक्कर दिए पनि सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको उनले जानकारी दिए । मन्त्री आले अर्को गाडी चढेर कञ्चनपुर पुगिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार