काँग्रेस २ नम्बर प्रदेश अधिवेशन आजदेखि शुरु

नेपाली कांग्रेस २ नबर प्रदेश अधिवेशनको आजदेखि शुरु भएको छ ।

महाधिवेशन अघि कृयाशील सदस्यता लगायतका विवादका कारण सम्पन्न हुन नसकी स्थगित गरिएको थियो ।

कार्यक्रम अन्तरगत आज उम्मेदवारको मनोनयन , मतदाताको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतको कार्यक्रम छ भने भोली मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश सभापतिका लागि धनुषाका रामसरोज यदव, रौतहटका पार्टी सभापति कृष्ण यादव र सिराहका नरेश यादव आकांक्षी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार