जनताको जीवनस्तर कहिल्यै नउठ्ने खालका गतिविधि र पद्धति त्याग्नुपर्छ : पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ सालको शुभकामना दिएका छन् । मङ्गलवार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले टाठा बाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने अरू निमुखा सर्वसाधारणहरूको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नुपर्ने बताएका छन् ।

उनले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारी सबैमा हुनुपर्ने र नेपाली जनताको आकाङ्क्षा पुरा गर्नुपर्ने बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौँ जुधेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उद्देश्य हुनु पर्दछ, एउटै कामना हुनु पर्दछ ।’

पूर्वराजा शाहले निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउन पनि आग्रह गरेका छन् । उनले अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्दै जानुपर्ने आवश्यकता भएको उल्लेख गरेका छन् ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार