छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

जाजरकोटको सदरमुकाम खलंगा स्थित त्रिभुवन माद्यामिक विद्यालयका छात्राहरु पठनपाठनको समयमा हरेक दिन वेहोस हुन थालेपछि आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।

६ कक्षा देखि १० कक्षा सम्मका छात्राहरु पठनपाठनकै समयमा केही दिन यता अकस्मात वेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए । भुत लागेको भन्दै छात्राहरु काप्ने, कराउने, रुने गर्न थालेपछि केही दिन यता पठनपाठन समेत प्रभावित भएको छ ।

विहिवार १० जना भन्दा धेरै छात्राहरुमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । केही बेर बेहोस हुने कराउने गरेपछि आफै ठिक हुने गरेको उनले बताए । केही समय पछि फेरी अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि विहिवार मध्यान्तर पछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

जिल्ला अस्पतालका जाजरकोटका डाक्टर समिक्षा मल्लले विद्यालयका छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएको बताईन् । केही दिन विद्यार्थीहरुलाई अलग गराए आफै ठीक भएर जाने समेत बताईन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार