बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तरगत काठेखोलाको खहरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

बिहुँबाट बागलुङ बजार आउँदै गरेको बा१८च ५६७७ नम्बरको रातो प्लेटको पिकअप जीप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा बागलुङ नगरपालिका–७ का ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

घाइते हुनेहरुमा बागलुङ नगरपालिका–१ रामरेखाका ४० वर्षीय टक बहादुर बोहरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी रहेका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन । जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार