भीम रावल समूहले पदाधिकारीसहित सबै पदमा उम्मेदवारी दिने

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ । अध्यक्षमा दाबेदारी गरेका भीम रावलले मनोनयन दर्ता गराइसकेका छन्। रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज विहान ८ बजेसम्मलाई स्थगन गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका बेला रावल अध्यक्षमा भीड्न लागेका हुन् । रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ । उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार