अवरोधबीच सर्वोच्च अदालत पुगे प्रधानन्यायाधीश जबरा

नेपाल बार एसोसिएसनको विरोध प्रदर्शनकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत गएका छन् ।  बारको नेतृत्वमा सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला उनी फरक गेट प्रयोग गरेर सर्वोच्च पुगेका हुन् । जबरा महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा अदालत प्रवेश गरेका थिए । प्रधानन्यायाधीश राजीनामा माग गर्दै बारले अदालतको मुख्य गेट अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित धर्ना दिएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार