गगनलाई ओलीको जवाफ : भ्याक्युम लगाएर एमाले बढार्ने सपना नदेखे हुन्छ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न सुझाव दिएका छन् । ’गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याक्युम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह पनि गरे ।

सिङ्गै काँग्रेसले पनि एमालेसङ नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताएका छन् ।

यसअघि बुधबार कांग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका–४ ले आयोजना गरेको चियापान कार्यक्रममा नेता गगनकुमार थापाले आसन्न तीन तहकै निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पराजित गर्ने दावी गरेका थिए । त्यसैको जवाफमा सिङ्गै काँग्रेसले पनि एमालेसङ नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताएका छन् ।

‘पाँच वर्ष आरामले सरकार सञ्चालन गर्नुपर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनैपर्छ,’ नेता थापाले भनेका थिए, ‘एमालेलाई माथिदेखि तलसम्म कुचो लगाएर बढार्ने हो । यसका लागि कांग्रेसका सबै नेता कार्यकर्ताहरुले एउटा संकल्प गर्नुपर्नेछ ।’

त्यस्तै उनले प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भन्दै गरेको टिप्पणीको जवाफ दिँदै प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि नै आफूले गणतन्त्रको अभियान चलाएको तर्क गरे । उनले मुलुकमा विकासको काममा असाधारण काम गरे पनि सरकारबाट हटाइएको बताएका छन् ।

कार्यक्रमपछि एमाले अध्यक्ष ओली लगायतका एमाले नेताहरूले भक्तपुरको थिमिस्थीत नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।

एमाले एक्लाएक्लै चुनाव लडे तेस्रो हुन्छ तर सिंगल-सिंगल आइज भन्छ : गगन थापा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार