मंगलबार थपिए ६६६ जना कोरोना संक्रमित, ११ जनाको मृत्‍यु

नेपालमा मंगलबार ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ र २ हजार २४९ एन्टिजेन परीक्षणमा ९७ जना गरी ६६६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने हालसम्म ११ हजार ३७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै ६२२ जना निको भएका छन् भने हालसम्म ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् । जसमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार