पोखरालगायत गण्डकी प्रदेशमा भूकम्पको धक्का

पोखरामा भूकम्पको धक्का महसूस गरिएको छ । सोमबार साँझ करिब ८ः३० बजे लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदी आसपास केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प करिब पाँच सेकेन्ड गएको थियो । लमजुङ केन्द्र विन्दू बनाएर भूकम्प जाँदा गण्डकी प्रदेशका कास्की, स्याङजा, तनहुँ र गोरखा लगायतका जिल्लाहरुमा धक्का महसुस भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार