मुगुमा ९ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या, एक जना पक्राउ

मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । गत चैत्र २१ गते मुगु जिल्ला सोरु गाँउपालिका वडा नं ९ स्थायी ठेगाना भएकी कक्षा २ मा अध्यनरत बालिकाको बलात्कार प्रयासपछि हत्या भएको थियो ।

हत्याको अभियोगमा सोहि गाँउपालिका वडा नं ८ का १९ वर्षीय प्रवेश रावललाई पक्राउ गरि प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । आरोपीले बलात्कार नगरेको तर प्रयास गर्दा बालिका चिच्चाएपछि धकेल्दा नदिको ढुङ्गामा बजारिँदा मृत्यु भएको र त्यसपछि कर्णाली नदीमा फालेको बयान दिएको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार