काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन बेपत्ता, एक घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । ग २ च ४९१८ नम्बरको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

यस्तै एकजना घाइते भएका छन् घाइते हुनेमा पोखरा १७ वस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कारसहित चालक पोखरा १७ कै प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार