सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम गरिएको छ । शुक्रबार तेजावी सुन ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार १५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ थियो । महासङ्घले कोरोना महामारीको प्रभाव कम भई अर्थतन्त्र चलायमान भएको भन्दै नेपाल राष्ट्र बैंकसँग दैनिक ४० किलो सुन उपलब्ध गराइदिन माग गरेको छ ।

गत वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीमा सुन कारोबार ठप्प थियो । अहिले कोरोनाको प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान हुँदै गएको र चाडवाड नजिकिँदा सुनचाँदीको माग अझ बढ्ने सुनचाँदी व्यवसायी बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार