असोज ४ गते पछि मात्रै सरकार विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते पछि सरकार विस्तार हुने बताएका छन् । शनिबार जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको बताए । अध्यक्ष प्रचण्डले असोज ४ गते पछि सरकार विस्तार हुनेमा कुनै शङ्का नभएको ठोकुवा समेत गरे । त्यस्तै उनले गणतन्त्र, सङ्घीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलीय लोकतान्त्रिक गठबन्धन नटुट्ने दाबी गरेका छन् ।  गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएता पनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र अगामी चुनावसँग गठबन्धन रहिरहने बताए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार