चिनियाँ अन्तरिक्षयात्री ९० दिनपछि सकुशल फिर्ता

Sharing is caring!

सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।

नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यानमा शुक्रबार करिब १ः३० बजे अवतरण गरेको छ ।

चिनियाँ राष्ट्रिय टेलीभिजन (सीसीटीभी) ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार