धादिङमा ट्रक दुर्घटना, चार जनाको अवस्था गम्भीर

धादिङमा ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बगैँचामा सोमबार बिहान आइचर ट्रक दुर्घटना हुँदा चालकसहित ३५ जना घाइते भएका हुन् ।

दुर्घटनामा चार जना गम्भीर घाइते भएको र उनीहरुको उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा३ख ५६२३ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा३ख ५७४४ नम्बरको टिपरमा ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार गम्भीर घाइते हुनेमा ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठ रहेका छन् ।

अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार