धनुषामा ४० वर्षीय मण्डलको घाँटी थिचेर हत्या

धनुषामा एक व्यक्तिको घाँटी पथचेर हत्या भएको छ । बिहीबार चैते धान रोप्न भनि घरबाट निस्किएका औरही गाउँपालिका २ का ४० वर्षीय विजय मण्डल आज बिहान मृत भृटिएका हुन् ।

राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । उनलाई गम्छाले घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।

शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लग्ने तयारी भइरहेको प्रहरी नायव निरीक्षक सन्तोष झाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार