माछापुच्छ्रे बैङ्कद्वारा नेपाल प्रहरीलाई विपत् व्यवस्थापन उद्दार सामग्री हस्तान्तरण

माछापुच्छ्रे बैङ्कद्वारा नेपाल प्रहरीलाई विपत् व्यवस्थापन उद्दार सामग्री हस्तान्तरण

  माछापुच्छ्रे बैङ्कद्वारा नेपाल प्रहरीलाई विपत् व्यवस्थापन उद्दार सामग्री हस्तान्तरण गरेको छ । बैंककोे अठारौँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपत् व्यवस्थापनको लागि चाहिने उद्दार सामग्रीहरू प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बैंक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्घारमा खटिने प्रहरी कर्मचारीहरूलाई प्राप्त सामग्रीले थप मद्दत पुर्याउने चर्चा गर्दै नेपाल प्रहरीलाई उक्त सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गरे । कार्यक्रममा बैङ्कका अध्यक्ष रोशन के. सी ले विपत् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्घार कार्यको…

Read More

नेपाल विद्यार्थी संघमा उमेर हद लगाउन माग

नेपाल विद्यार्थी संघमा उमेर हद लगाउन माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले आगामी निर्वाचनमा ३२ वर्षको उमेर हद लगाउन माग गरेको छ । नेवि सङ्घले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका सभापति शेरबहादुर देउवालगायत पदाधिकारी तथा सदस्यलाई भेटेर नेवि सङ्घको १२औँ महाधिवेशनको सुनिश्चितता गर्दै ३२ वर्षे उमेर हद कायम गर्न मागसहितको ज्ञापनपत्र बुझाएको हो । नेवि सङ्घका महामन्त्री आनन्दराज त्रिपाठीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय पुगेको सङ्घको टोलीले सभापति देउवालगायत नेताहरुलाई भेटेर ११ औं महाधिवेशनमा लगाइएको उमेर हद लगाउन माग गरेको प्रवक्ता प्रेमराज जोशीले जानकारी दिए । सङ्घको विधान २०२७ को छैठौ संशोशन २०७३ भाग २ को धारा ५९घ०…

Read More

कटारीमा प्रशासनको बजार अनुगमन, साना व्यापारीलाई सास्ति ठुला लाई मस्ती

कटारीमा प्रशासनको बजार अनुगमन, साना व्यापारीलाई सास्ति ठुला लाई मस्ती

अभिमन्यु लामीछाने/उदयपुर । उदयपुर को प्रमुख व्यापारिक केन्द्र मानिने कटारी बजार चाडबाड नजिकिकिएसँगै बजारमा उपभोक्ताहरुको चहलपहल बढेको छ। चाडपर्वलाई लक्षित गर्दै स्थानीय प्रशासनले समेत अनुगमनमा तिब्रता देखाएको छ । ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलेको नेतृत्वमा अनुगमन गरिएको हो । कटारी नगरपालिका, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी वेस क्याम्प ,उद्योग वाणिज्य संघ, संञ्चारकर्मीसहितको प्रतिनिधिहरुको टोलीले बजारका विभिन्न पसलहरुमा अनुगमन गरी म्याद गुज्रेका सामाग्रीहरु बरामत गरेको छ । टोलीले म्याद गुज्रेका पेय पदार्थ , चिउरा ,चियापत्ती लगायतका सामाग्री बरामद गरेको हो ।   त्यसैगरी टोलीले उपभोक्ताहरुले देख्ने गरी मूल्यसुचि राख्न…

Read More

प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ विधेयक स्वीकृत

प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ विधेयक स्वीकृत

बुटवल । प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ वटा विधेयक स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रहरीसम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयकसहित विभिन्न मन्त्रालयले तयार पारेका अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । बैठकले सञ्चार नीति परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) गर्न बन्ने विधेयक, प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका…

Read More

नेपाल उप विजेतामै सिमित

नेपाल उप विजेतामै सिमित

काठमाडौं । साफ यू—१८ महिला च्‍याम्पियनसीपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । केही बेर अघि सम्पन्न खेलमा नेपाल बंगलादेशसँग१—० गोलले पराजित भएको हो। बंगलादेशले दोस्रो हाफको सुरुवातमा गोल गर्दै खेलमा अग्रता लिएको थियो।

Read More

टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु

टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगलमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको जुगल गाउँपालिका—६ घिच्चेमा ढुङ्गा लिएर जलविरे आउँदै गरेको टिपर दुर्घटनामा परि बलेफी गाउँपालिका — १ बस्ने ६० वर्षका मोहन श्रेष्ठको मृत्यु भएको हो । बा ४ ख३३३१ नम्बरको टिपर सडक छेउ भासिएर सडकबाट दुइ सय मिटर तल घेलुङ खोलामा खसेर दुर्घटना भएको डीएसपी विमलराज कँडेलले जानकारी दिए । टिपर चालक बाह्रविसे नगरपालिका ७ का रमेश श्रेष्ठ र सहचालक पाँचखाल नगरपालिका—५ का प्रवीण बानियाँ गम्भीर घाइते भएका छन् ।

Read More

राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई आठ बुँदे निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई आठ बुँदे निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बुँदे निर्देशनपत्र पठाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा १३ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाही गर्न र पीडितलाई न्याय दिन आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आठ बुँदे निर्देशनपत्र पठाएको उल्लेख छ । घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीसमेतले अनुगमन÷अनुसन्धान गरिरहेको र अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदन उपर…

Read More

सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट

सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढी राजश्व सवारी साधनबाट प्राप्त गर्ने अनुमान गरेको छ । सो शीर्षकमा एक आर्थिक वर्षमा रु ४० करोड ४२ लाख राजश्व सङ्कलन हुने आज मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तक्र्रियामा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए । यस्तै घरजग्गा रजिष्ट्रेशनमा रु ३९ करोड ९३ लाख, दण्ड, जरिवाना, जफत शीर्षकमा रु तीन करोड तथा अन्य विविध शीर्षकमा रु छ करोड राजश्व सङ्कलन हुने अनुमान गरिएको छ । मन्त्री बोहराले चालू आवको साउन र भदौमा राजश्व सङ्कलन सन्तोषजनक रहेको बताए । दुई महीनाका अवधिमा घरजग्गा रजिष्टे«शनवापत…

Read More

निर्मला हत्याकाण्डको अनुसन्धान प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

निर्मला हत्याकाण्डको अनुसन्धान प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आज साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिमा प्रहरी नायब महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सदस्य थिए ।…

Read More

विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजानिक

विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजानिक

सल्यान । सल्यानमा एक गाउँपालिकाले विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत छत्रेश्वरी गाउँपालिकास्थित लेखपोखराको डाँडामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । कुल रु ८१ करोडमा लागत अनुमान गरिएको प्रस्तावित विमानस्थल निर्माणका लागि धावनमार्गका लागि चाहिने ६३० मिटर उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भूवनावटको हिसाबले जमीन उपयुक्त रहेको तथा धावनमार्गका लागि समेत जमीन उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सल्यान र रोल्पा जिल्लाका पश्चिमी भेगका करीब तीन लाख ५० हजार जनसङ्ख्यालाई लक्षित गरी अध्ययन थालिएको…

Read More