कालीगण्डकीमा पौडी खेल्ने क्रममा बागलुङ उपल्लाचौरका दुई बालक बगेर बेपत्ता

बागलुङमा कालीगण्डकी नदिमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजेतिरको समयमा बागलुङ बागलुङ नगरपालिकाको १ निर्यघाटस्थित कालीगण्डकी नदिको किनारमा पोडी खेल्ने क्रममा दुई बालक बेपत्ता भउको प्रहरीले जानकारी दिएको हो ।

बागलुङ नगरपालिका ४ उपल्लोचौर बस्ने चार जना बालकहरु पौडी खेल्न गएको र उनीहरुमध्ये अनिल खातीको छोरा १० वर्षीय पश्न विक र अमृत पुन (घर्ति) को छोरा १२ वर्षीय विसान पुन बगेर बेपत्ता भएका हुन् । हरी विकको छोरा १३ वर्षीय अभिषेक विक र थम बहादुर पुनको छोरा १३ वर्षीय यम बहादुर पुन भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बेपत्ता बालकहरुको प्रहरी निरिक्षकको कमाण्डमा १५ जनाको प्रहरी टोली र विपद व्यवस्थापन गुल्म बागलुङबाट १५ जनाको प्रहरी टोली खटिई खोजी भइरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार