निर्मला पन्तकाे हत्यारा चाँडाे पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको घटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापालाई बोलाएर निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन वर्ष पुगेकै दिन प्रधानमन्त्री देउवाले गृह मन्त्री खाँड र प्रहरी महानिरीक्षक क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

देउवाले सामाजिक संजालमा लेखेका छन्,‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु।’

आइतबार मात्रै निर्मलाका आफन्तजनले कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको तिन वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । तिन वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।

निर्मला पन्त हत्याको तीन वर्ष : फितलो अनुसन्धान, प्रगति शून्य

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार