निर्मला पन्त हत्याको तीन वर्ष : फितलो अनुसन्धान, प्रगति शून्य

कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको तिन वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । तिन वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शवको प्रकृति र शव परीक्षण रिर्पोटपछि निर्मलाको बलात्कारपछि हत्या देखिएपछि सोहीअनुसार अनुसन्धान थाल्यो ।

घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बने पनि पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ । ३ वर्षको अन्तारलमा तीनजना प्रहरी महानिरीक्र्षक परिवर्तन हुँदा पनि यसबारे अझै सुधार आउन सकेको छैन् । यसअघि प्रहरी प्रमुख रहेका पूवप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवालीले र बर्तमान आइजिपी सैलेश थापाले घटनाबारे चासोका साथै अनुसन्धानमा जोडबल गरे पनि अपराधी भने पत्ता लगाउन सकेनन् नत घटनाको निचोडमा पुगे । सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो । शंकाको सुई शक्तिशाली व्यक्ति देखि समान्य व्यक्तिसम्म घुमेको थियो । घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पायो । जति हल्ला भयो उति दोषी पत्ता लगाउन प्रहरी असफल रह्यो । प्रहरीले शंकाको भरमा पक्राउ परेकाहरुलाई जर्बजस्ती फसाउन खोजिको आरोप समेत लाग्यो ।

विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशङ्का व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरवाही र प्रमाण सङ्कलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित सात जना निलम्बल गरेको थियो । हाल प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टको र तत्कालीन प्रहरी अनुसन्धान ब्यूरो सिआइबीका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीसहित अन्य पाँच प्रहरी कर्मचारीको टोलीले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् । तर एसपी विष्ट भने बर्खास्तीमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाले हरेक आयामबाट अनुसन्धान जारी रहेको बताएको छ । विभिन्न तह र कोणबाट निर्मला प्रकरणको अनुसन्धान चलिरहेको र प्रहरीले दोषी पत्ता लगाएर छाड्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएर आउने हरेक प्रहरी नायब उपरीक्षकलाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेर अनुसन्धान हुँदै आएको छ ।

न्याय पाउने आश हराउँदै गयो : निर्मलाकी आमा दुर्गादेवी पन्त

निर्मलाका परिवारका सदस्यले भने न्याय पाउने आशा हराउँदै गएको प्रतिक्रिया दिएका छन् । “हामीमाथि पीडामाथि पीडा थपियो, अब न्याय पाउने आश पनि हराउँदै गएको छ ।” निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्, “अनुसन्धानमा प्रहरी प्रशासन डटेर लागे पनि अपराधी पक्राउ गर्न सकेनन् ।”

उनले एकवर्ष पहिले भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीप विष्टका गतिविधि र कुराबाट आफूलाई शङ्का लागेर विष्टमाथि किटानी जाहेरी दिएकी थिइन । तर प्रशासनले त्यसबारे बेवास्ता गरेको निर्मलाकी आमा दुर्गादेवी पन्त बताउँछिन् । “सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानूनी दायरामा ल्याउने काम प्रहरीको हो”, पन्तले भने, “अनुसन्धानको उपलब्धि राज्य संयन्त्रलाई थाहा होला ।”

’पहिला मलाई भ्रम परेको थियो होइन भन्ने। अहिले धेरै शंका छ। तर, मैले उजुरी दिँदा धेरै मानिस खनिए। त्यसैले अचेत त बोल्न समेत छोडेको छु,’ निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिनन्।

उनी अपराधी विष्ट हुन् भने अरु खोजेर बसे त कहिले पनि पत्ता नलाग्ने तर्क गरिरहेकी छिन्। ’कि यो नै हो भन्नु प-यो कि होइन भने को हो? देखाउनु प-यो,’ दुर्गादेवीले भनिन्। निर्मलाले न्याय नपाएकोमा उनलाई मन पोलिरहेको छ।

निर्मला प्रकरणलाई प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको छौ : प्रहरी

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले घटनाबारे प्रहरी हालसम्म कुनै निचोडमा नपुगेको जानकारी दिए। “निर्मला घटनालाई हामीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौँ ”, उनले भने, “हामी निष्कर्षमा पुग्ने गरी सुक्ष्मरूपले अनुसन्धानमा जुटेका छौँ ।” पछिल्लो समय सुदूरपश्चिम प्रहरी नेतृत्वले पनि निर्मला प्रकरणलाई प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको नेतृत्वको टोली तीन वर्षदेखि कञ्चनपुरमै छ भने प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट समेत विशेष टोली अनुसन्धानमा संलग्न छन् ।

यस्तै नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवर निर्मला प्रकरणलाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान भइरहेले दायरा साँघुरिदै गएकोले चाडै निष्कर्षमा पुग्ने बताउँछन् ।

घटना भएको एक महिनापछि विसं २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

निर्मला प्रकरणको आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय शनी खुनाको निधन भएको भने अझै केही युवक शारिरीकरूपले नै अशक्त छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक भने छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ । शुरुआतमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक हाल एकिन्द्र खड्का खटिएका थिए । प्रकरणको तीन वर्षमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आधा दर्जबढी अनुसन्धान अधिकृत फेरबदल भइसकेको प्रहरी स्रोतले जनाएको छ ।

देउवा सरकार आएसँगै निर्मला परिवारमा जागेको आशा
निर्मला हत्याकाण्ड हुदाँ मुलुकमा तत्कालिन नेकपा केपी शर्मा ओली नेतृत्वको सरकार थियो । प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले सरकारकै अनईच्छाकै कारण हत्यारा पत्ता नलागेको सुरुवाती चरणदेखि नै आरोप लगाउदैँ आएको थियो । नेपाली कांग्रेस प्रभावशाली नेताहरुले नै दोशी पत्ता नलाग्नुमा सरकार नै जिम्मेवार रहेको आरोप लगाउँदै आएको थिए । त्यतिबेला पार्टी सभापती देउवाले सरकारले चाहेको खण्डमा निर्मलाको हत्यारा पत्ता लगाउन केही बेर पनि नलाग्ने टिप्पणी गरेका गरेका थिए ।

साथै त्योबेला प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेन् उनको घरमै पुगेका थिए। २०७५ फाल्गुण १७ गते भीमदत्त नगरपालिका २ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन दिएका थिए ।

२०७५ फाल्गुण १७ गते निर्मलाको घरमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा

‘ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ’, निर्मलाकी आमा दुर्गादेवी पन्तसँगको भेटमा देउवाले भनेका थिए , ‘बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन।’ उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन आग्रह गरेका थिए। उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन आग्रह गरेका थिए।

तर संयोग नै मान्नुपर्छ तीन वर्षपछि अहिले तिनै देउवा नेतृत्वको सरकार छ । सरकारकै अनईच्छा कारण दोशी पत्ता नलागेको बताउने देउवाले आफ्नो कार्यकालमा निर्मला हत्याकाण्डलाई किनारा लगाउला की भन्ने आम जनमानसले चाँसोको रुपमा लिएको छ । साथै निर्मलाको परिवारले पनि फेरी देउवा नेतृत्वको सरकार आएसँगै न्याय पाउने आशा पलाएको प्रतिक्रिया दिएका छन् ।

हतारोले बिग्रिएको घटना

गत ४ भदौमा प्रहरीले स्थानीय दिलीपसिंह विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै पत्रकार सम्मेलन गर्यो । मानसिक रोगी रहेका विष्टले आफूले नै निर्मलाको बलात्कार र हत्या गरेको बताएका थिए । विगतमा पनि हत्या घटनामा जेल परेकाले उनी नै भएको निष्कर्ष निकाल्न प्रहरीले विवरण सार्वजनिक गरेको थियो ।

तर, स्थानीयले मानसिक रोगीलाई फसाउने प्रयास गरेको भन्दै आन्दोलन सुरु गरेपछि यो प्रकरण चर्किएको थियो । डिएनए परीक्षणमा समेत विष्टको संलग्नता पुष्टि हुन नसकेपछि प्रहरीले विश्वास गुमाएको थियो । सोही गल्तीका कारण प्रहरी बदनाम हुन पुग्यो । कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित केही प्रहरीले जागिर नै गुमाए ।

हुन त घटनास्थलको मुचुल्कादेखि नै प्रहरीका प्रशस्त कमजोरी थिए । घटनास्थलको सुरक्षा गर्न नसक्दा अन्य प्रमाणहरू हराएका थिए भने पीडितसँग प्रहरीले राम्रो व्यवहारसमेत गरेको थिएन । तर, प्रहरीको त्यो गल्ती नियतवश गरिएको भने कुनै पनि छानबिनबाट खुल्न सकेको छैन । कञ्चनपुर प्रहरीले पछिल्लो समय प्रहरी डिएनएमा मात्र भर नपरेको बताउँछ । अन्य कोणबाट सूचना संकलन गर्ने काम भइरहेको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार