साउन १७ बाट बुद्ध एयरले नेपालगञ्ज–पोखरा सिधा उडान भर्ने

बुद्ध एयरले नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने भएको छ । बुद्ध एयरले आगामी १७ गते अर्थात् १ अगस्टदेखि नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने भएको हो ।

सुरुमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान भर्ने बुद्धले जनाएको छ । साथै केही समयपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने बताइएको छ ।

साे  उडानबाट दुवै सहरका बासिन्दा लाभान्भित हुने तथा पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । साथै बर्दिया राष्ट्रिय निकुन्ज तथा कर्णाली चिसापनी क्षेत्रमा पनि पर्यटकीय गतिविध बढ्ने उनको भनाइ छ ।

त्यस्तै नेपालगञ्ज तथा भारतको लखनउ र कानपुरलगायत ठाउँका मानिसले पनि पोखरा भ्रमण गर्ने क्रम बढ्ने विश्वास बुद्ध एयरले लिएको छ ।

त्यस्तै बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले उक्त दुवै गन्तव्यको लागि आकर्षक होलिडी प्याकेज सञ्चालन गर्ने जनाएको छ । बुद्ध एयरले कोरोनाको संक्रमणबाट बच्नका लागि कोभिडविरुद्ध निर्देशिका, जनशक्तिलाई तालिम, पीपीई प्रदान, बीमालगायत सेवा प्रदान गर्दै आएको छ ।

कोरोनाको संक्रमणसँगै हवाई सेवा लिने यात्रुको संख्यामा उल्यख्य वृद्धि भएको बुद्धले बताएको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज तीनवटा र दुईवटा बीचक्राफ्ट जहाज छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार