सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिँदै गएको बताएका छन् ।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सञ्चारमाध्यको विषय वस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिएको बताएका हुन् ।

सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरे ।

उनले सत्ताको रवैको विरोध गर्दै काठमाडौंमा कांग्रेसले वृहत प्रदर्शन भएको र यो कुनै व्यक्ति केन्द्रीत नभएको जिकिर गर्नुभयो । महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानविन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस बिषयमा संसदबाटै लड्ने स्पष्ट पारे ।

उनले कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको कर्मको जवाफदेही सोहि व्यक्ति नै हुनुपर्ने भएपनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको धारणा राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार