जलेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जलेश्वर बजार क्षेत्रमा पीसीसी ढलान गराउँदा उनीहरूले पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । आरोपित सबैलाई बराबर बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव(इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार