कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दल नेता हिक्मत कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार दिउँसो कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले ५२ जनाको समर्थन रहेको भन्दै बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ती ५२ जना सांसदको सनाखत सकिएसँगै कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । कोशीमा बहुमतका लागि ४७ सांसद भए पुग्थ्यो ।

प्रदेश प्रमुख खापुङ्गले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गर्दै शुक्रबार अपराह्न ५ बजेसम्म समय दिएका थिए । असंवैधानिक तरिकाबाट प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेको भन्दै मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालतमा रिट लिएर गएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार