मुख्यमन्त्री कार्की सर्वोच्च जाने

विराटनगर– प्रदेश प्रमुख पर्शुराम खापुङले छैटौँ सरकार गठनका लागि आव्हान गरेसँगै वर्तमान मुख्यमन्त्री केदार कार्की कानूनी प्रक्रियामा जान लागका छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आव्हान असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने तयारीमा छन् ।

उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी छ । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार कार्कीले अदालत खुलेसँगै सर्वोच्चमा मुद्दा दर्ता गर्ने योजना रहेको छ । यता एमाले-माओवादीको गठबन्धले आजै नयाँ नँया सरकार गठनका लागि दाब पेश गर्ने भएका छन् ।

बिहान ११ बजे प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।

उनले एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्ने बताए ।

एमाले माओवादी गठबन्धनले एमाले संसदीय दलका नेता समेत रहेको हिक्मत कार्कीलाई प्रदेशको छैटौँ मुख्यमन्त्रीको रूपमा दाबी पेस गर्ने तयारी छन् भने प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् ।

प्रदेश प्रमुख खापुङले बुधबार साँझ संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार