मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कुनै आधार नै नरहेको बताएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको दलहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछाने सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप मिडिया र सदनमा मात्रै सुनेको तर कहीँ कतै आरोपको आधार नभेटेको भन्दै प्रश्न उठ्ने बित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको बताए ।

अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरेको मान्छे सदनमा आउने तर कुनै अभियोजन, उजुरी नै नपरेको मान्छेको नाममा समिति बनाउनुपर्ने संसदीय नजिर सही नभएको उनको भनाई छ । उाले सहकारी समस्या समाधान गर्न प्रतिबद्ध रहेको र द्रुतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताए ।
सहकारी ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । लामिछाने सदनमा आफूलाई कुरा राख्न दिनुपर्ने र त्यसमा चित्त नबुझे छलफल गर्न सक्ने धेरै ठाउँ रहेको धारणा ब्यक्त गरे ।
उनले आफूमाथि उठेको प्रश्नको जवाफ संसद्मा दिन पाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई पत्र समेत बुझाउनुभएको छ । आफुलई सदनमा बोल्न रोकेर प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लङ्घन भएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार