गोदावरी डढेलोमा मृत्यु भएकाका परिवारलाई नगरपालिकाले प्रतिपरिवार पाँच लाख दिने

गोदावरी नगरपालिकाले आफ्ना वडाका वनमा लागेको डढेलो नियन्त्रणमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

नगरपालिकाको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रवक्ता मिलन सिलवालले बताएका छन् ।

नगरपालिकाका अनुसार सबै वडामा डढेलो लागेको र नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अग्नि नियन्त्रकसहित तालिमप्राप्त जनशक्ति र स्थानीयवासी, सामुदायिक वनका पदाधिकारीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

नियन्त्रणकै क्रममा गोदावरी नगर ४ बडीखेलका शंकर पहरी र रमेश पहरीको निधन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार