इराकको संसद्‌बाट समलिंगी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित

इराकको संसदले समलिंगी विवाहलाई अपराधको संज्ञा दिँदै विधेयक पास गरेको छ । नयाँ कानुनमा समलिंगी विवाह गरेमा  १० देखि १५ वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ । 

नयाँ कानुनअनुसार तेस्रोलिंगीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन सकिने बीबीसीको समाचारमा छ।

सो कानुनका समर्थकले नयाँ कानुनले देशको धार्मिक मूल्य मान्यतालाई बढाएको प्रतिक्रिया दिएका छन् । अधिकारकर्मीले भने यौन अल्पसंख्यकको अधिकार हनन्मा इराकले अर्को ब्ल्याक मार्क रेकर्ड गराएको जनाएका छन् । 

सन् १९८० को दशकमा रहेको बेश्यावृत्तिविरुद्धको कानुनको संशोधनका लागि बनाइएको मस्यौदा विधेयकमा समलिंगी सम्बन्धमा मृत्युदण्ड दिनुपर्ने प्रस्ताव नै गरिएको थियो । यद्यपि, त्यसलाई अमेरिका र अन्य पश्चिमा मुलुकले विरोध गरेपछि हटाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार