तोलामा सात सय रुपैयाँले बढेर पुनः उच्च विन्दुमा पुग्यो सुनको मूल्य

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

यसअघि मंगलबार प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो भने बिहीबारको तुलनामा सात सय रुपैयाँले बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार