सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले गरे दाबी

सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

बिहिबार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर उनले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । सोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्त‍िका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको लिखित सर्मथन जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए । सोडारीले अन्तिम दिन दाबी पेस गरेका हुन् ।

यसअघि गत आइतबार नेपाली का‌ग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले(माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार