जनकपुरमा जल्दै गरेको युवतीको शव भेटियो, सँगै फेला परेकी शिशुको उपचार क्रममा मृत्यु

धनुषाको जनकपुरधाममा जल्दै गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । युवतीको शवसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको एक खेतमा महिला जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्‍जन अवाले जानकारी दिए ।

डिएसपी अवाका अनुसार महिलाको घटनास्थलमै मृत्यु भएको थियो । करिब ६ महिनाकी शिशुलाई स्थानीयले प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । त्यहीँ उपचारको क्रममा राति नै मृत्यु भएको थियो ।

स्थानीयले खेतमा शव जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थलबाट प्रहरीले मृतक युवतीको मोबाइल फोन पनि बरामद गरेको थियो । त्यही मोबाइलको सहयोगले मृतक महिलाको पहिचान खुलेको छ ।

मृतक महोत्तरी मनराशिसवा नगरपालिका-२ की अन्दाजी २३ वर्षीया प्रियंका महतो हुन् । नाबालिका उनैका बच्चा हुन्रहोइनन् भन्नेबारे प्रहरीले अनुसन्‍धान गरिरहेको प्रहरीले बताएको छ ।

युवती र बालिकाको हत्या हो या आत्महत्या अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी रञ्‍जनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार