एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई हराउँदै नेपाली टोलीले चुम्यो उपाधि

भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि नेपाली टोलीले उचालेको छ । गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजराजले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए ।

कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले १–१ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार