तपाईं पसिना गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

गर्मी महिनामा शरीरबाट धेरै पसिना आएर हैरान नै हुन्छ ।  पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । जुन ग्रन्थिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ ।

शरीरमा भएको विकार पसिनाकै रूपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ । यद्यपि, आवश्यकता भन्दा बढी पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ ।

पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरि बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ ।

  • पसिना गन्हाउँने कारण :
  • ब्याक्टेरिया इन्फेक्सन
  • अल्कोहलको बढी प्रयोगले
  • जंक फुड खानाले वंशाणुगत कारण
  • मसालेदार खानेकुरा धेरै खाएर
  • धुम्रपान गर्नाले
  • लसुन प्याजको प्रयोग धेरै गरेर
  • उपाय
  • दैनिक नुहाउने, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गुर्नुपर्छ ।
  • प्रत्येक दिन फिट्किरीको लेप लगाउने ।
  • कागतीको रस पानीमा राखेर नुहाउन सकिन्छ ।
  • सँधै खुकुलो लुगा लगाउने गर्नु पर्छ ।
  • काखीको कपाल सफा गर्नु पर्छ ।
  • नुहाएर आएपछि एकछिन शरीर सुक्न दिनुपर्छ ।
  • अनि मात्रै लुगा लगाउने गर्नु पर्छ । ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ । यदि क्रिमले पनि काम गरेन भने चिकित्सकको सल्लाहमा एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार