नेपालमा हाइड्रोजनको सफल उत्पादन, इन्धनका रूपमा गाडीमै हालियो

काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादन गरी इन्धनका रूपमा प्रयोग थालेको छ । काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले पानीबाट हाइड्रोजन उत्पादन गरी गाडीमा इन्धनको रुपमा गरेको प्रयोग सफल भएको हो । 

गत कात्तिकमै केयूले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी र रिफ्युलिङ मेसिन ल्याएको थियो । केयू अन्तर्गतको हाइड्रोजन ल्याबका प्रमुख प्रा. डा. विराजसिंह थापाले आफ्नै डिजाइनमा कोरियाली प्रविधि प्रयोग गरी रिफ्युलिङ स्टेसन बनाइएको बताए ।

उनका अनुसार सोही रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरी गाडीमा हालिएको हो । “हाम्रो डिजाइनमा बनेको रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरेका छौँ । यसले दैनिक बढीमा दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नसक्छ,” उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार